Dhulikhel Eco Banner new

‘बजेट देशको समृद्धि हो, गाउँको बाटो मात्रै होइन’

4.12K
shares

काठमाडौं, १६ जेठ । अर्थमन्त्री जनार्दन शर्माले बजेट देशको समृद्धि भएको बताएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेटका सम्बन्धमा अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

देश निर्माणका लागि सबैको प्रतिबद्धता आवश्यक रहेको बताएका मन्त्री शर्माले बजेट भनेको गाउँमा बाटो बन्ने कुरा मात्रै होइन् । ‘हाम्रोमा मेरो गाउँको बाटोलाई बजेट पर्‍यो कि परेन भन्ने कुरालाई मात्रै बजेटका रुपमा हेर्ने गरिएको छ, तर समग्र राष्ट्रका लागि के गर्दैछ भन्ने विषयमा नसोचिने रहेछ,’ अर्थमन्त्री शर्माले भने । उनले भने–‘बजेटमा आयात घटाउने कुरा के छ, रोजगारीको कुरा के छ, समग्र देशको अवस्थाका विषयमा के कुरा समेटिएको छ भन्ने विषयमा कुरै हुँदैन, मात्रै मेरो गाउँको बाटो परेको छ कि छैन भन्ने मात्रै भयो, मानौ बजेट भनेको बाटो मात्रै हो ।’

सामान्य भाषामाभन्दा जनताको हातमुख जोर्ने विषय बजेट हो, अर्को भाषामाभन्दा बजेट भनेको देशको समृद्धि हो अर्थमन्त्री शर्माले भने । अर्थमन्त्री शर्माका अनुसार बजेट सबैभन्दा उत्कृष्ट छ भन्ने होइन तर आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्ने प्रयास गरिएको छ । यसैबीच, मन्त्री शर्माले सरकारले निजगढ विमानस्थल बनाएरै छाड्ने बताएका छन् । सरकारले लामो समय अध्ययन गरेर निजगढ विमानस्थल बनाउने निर्णयमा पुगेको भन्दै यो विमानस्थल निर्माण गरिने उनको भनाइ छ । ‘क्त विमानस्थलका लागि अहिलेसम्म झन्डै ३ अर्ब रुपैयाँ खर्च भइसकेको छ । यो विमानस्थल आवश्यकता हो त्यसैले विमानस्थल निर्माण हुन्छ,’ अर्थमन्त्री शर्माले भने ।

यसैगरी, अर्थमन्त्री शर्माले यो बजेट चुनाब लक्षित रुपमा नआएको पनि दावी गरेका छन् । पहिलेकै कार्यक्रमलाई निरन्तर्ता दिइएको छ यदि यो बजेट चुनावमुखी हो भने पहिलेको पनि चुनावमुखी बजेट थियो भन्नु परो होइन भने चुनाव लक्षित बजेट आयो भन्नुमा कुनै तुक नरहेको उनको भनाई छ । कर्मचारीको तलब वृद्धिको पनि नीयम सम्वत रहेको मन्त्री शर्माको भनाई छ । प्रत्यक तीन वर्षमा कर्मचारीको तलब वृद्धि गर्नु पर्ने प्रावधान रहेको भन्दै यो पटक तलब वृद्धि भएको मन्त्री शर्माको भनाई छ ।

सरकारले कुनै नेताको प्रभावका आधारमा भन्दा पनि आवश्यकताका आधारमा बजेट विनियोजन गरेको छ । आवश्यकता र प्राथमिकताका आधारमा कार्यक्रम राखिएको मन्त्री शर्माले बताएका हुन् । यता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटमा लिएको लक्ष्य पूरा गर्ने काम राष्ट्र बैंकले गर्ने बताएका छन् । अर्थमन्त्रालयमा बजेटपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले सरकारले बजेटमा ७ प्रतिशत बिन्दुमा मुल्यबृद्धि राख्ने लक्ष्य राखेकोमा त्यो अनुसार काम गर्ने बताएका हुन् ।