Dhulikhel Eco Banner new

कुमारी बैंकको नयाँ वर्ष अफर, भाग्यशाली एक ग्राहकले आईफोन १५ जित्ने मौका

3.98K
shares

काठमाडौं, २ वैशाख । कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान “नयाँ वर्ष २०८१ जितौ आईफान १५ एकास्सी” सुचारु गरेको छ ।

यस अभियान अन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी रु ५०० को टपअप र कुनैपनि एउटा डाटाप्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यु आईफोन जित्न सक्नुहुनेछ ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङ्गमा दर्ता गर्न सक्नुहुनेछ । साथै यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ सम्म रहेको छ ।
नेपाली वित्तीय बजारमा आधुनिक बैंकिङ्ग सेवाहरू उपलब्ध गराउने उद्देश्यले कुमारी बैंक लिमिटेड २०५७ चैत २१ गतेबाट बैंकिङ्ग कारोबार सुरु गर्दै नेपालको पन्ध्रौं वाणिज्य बैंकको रुपमा अस्तित्वमा आएको हो ।

कुमारी बैंक लिमिटेडले ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ्ग एकाइहरू सहित देशका विभिन्न शहरी, अर्धशहरी तथा ग्रामीण भेगमा अवस्थित ४१६ पोइन्टहरु मार्फत आधुनिक बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।