Dhulikhel Eco Banner new

तोलामा २ हजार ७ सयले घट्यो सुनको मूल्य

11.4K
shares

काठमाडौँ, ११ वैशाख स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै २ हजार सात सयले ओरालो लागेको छ ।

सोमबार तोलामा १ लाख ३८ हजार २ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा १ लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने १ लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ ।

महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा ४५ ले गिरावट भएको छ । सोमबार प्रतितोला १ हजार सात सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार छ सय ६० निर्धारण भएको छ ।