Dhulikhel Eco Banner new

२७ सयले घट्यो सुनको मूल्य

4.84K
shares

काठमाडौँ, १९ वैशाख। स्थानीय बजारमा सुनको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा २७ सय रुपैयाँले ओरालो लागेको हो ।

अघिल्लो दिन, सुनको मूल्य तोलामा १ लाख ३८ हजार २ सयमा कारोबार भएको थियो । छापावाला सुन बुधबार १ लाख ३४ हजार पाँच सयमा कार्यम भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब २ प्रतिशतले घटेपछि नेपाली बजारमा सोअनुसार मूल्य समायोजन गरिएको हो ।

त्यस्तै चाँदीको मूल्य पनि बुधबार ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला १ हजार सात सय पाँचमा कारोबार भएको चाँदी  बुधबारका लागि भने १ हजार ६ सय ३० मा कारोबार भइरहेको  छ ।