Dhulikhel Eco Banner new

लण्डनमा नौलो कन्सेप्टमा नेपाली युवाले खोले फ्यूजन कुजिन एण्ड जुसबार

9.15K
shares

साउथ वेष्ट लण्डनस्थित बाल्हाम हाइरोडमा नेपाली यूवाहरुले नयाँ सोचका साथ ‘एसियन फ्यूजन एण्ड जुस बार’ संचालनमा ल्याएका छन् । समिर शर्मा र सविन शर्मा दाजुभाइले संचालनमा ल्याएको ‘स्क्वीज्ड’ अहिले चर्चामा छ । बेलायतको लण्डनमै हुर्केका नेपालीमुलका दुई युवाको फरक सोच र नयाँ शैलीको ब्रान्डिङले यो व्यवसाय छोटो समयमा नै चर्चामा छ ।

टेक वे र हेल्डी फुडको सोचका साथ खुलेको यो रेष्टुरेन्टमा चिकेन, ल्याम्ब र भेज मःम, नुडल्सनका साथमा हाल चर्चामा रहेका दुई दर्जन भन्दा बढी सुसी उपलब्ध छन् । यस्तै, क्लासिकदेखि स्पेशलियाटी कफी र विभिन्न ट्रपिकल एण्ड एक्जोटिक फ्रेस जुस, एभोकाडो, सेलरी, साग, गाजर र काक्रोको स्मुदी यहाँका विशेषता हुन् ।

यहाँ ग्राहककै अगाडि जुस र स्मुदी बनाएर दिइन्छ । जसकाकारण, चाडै नै यो व्यवसायले ग्राहकको मन जितेको हो । यहाँ, नुडल्सन र मम मिक्स गरेको कम्बो बकस, सुसी पोकी बल निकै चलेका छन् । यस्तै, बालबालिकालाई आकर्षित गर्न किड्स मेनु पनि यहाँ उपलब्ध गराइएको छ । यो रेष्टुरेन्ट सातै दिन संचालनमा आउनेछ । सोमबारदेखि शनिबारसम्म बिहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म र आइतबार बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म यो रेष्टुरेन्ट संचालनमा आइरहेको छ ।

लण्डनमा नेपालीले नै सुरु गरेको हट स्टोन सुसी विभिन्न पाँच तारे होटलमा झण्डै एक दशक काम गरेका अनुभवी सेफ जय गिरीले तयार पार्छन् । संचालक समिर भन्छन्–‘ब्रान्डलाई स्थापित गरेर यसलाई फ्रेन्चाइजको रुपमा विस्तार गर्ने योजना समेत हाम्रो छ । कसैले फ्रेन्चाइज लिन चाहेको अवस्थामा दिन सकिन्छ । उनीहरुले आफ्नै थिममा यसलाई खोल्न सक्छन् ।’