मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित
वि.सं.२०८१ जेठ १ मंगलवार १२:३२
shares

सरकारले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णय जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले विभिन्न चरणमा छलफल भएर १६ औं योजना पनि पारित गर्ने निर्णय गरेको बताइन् ।
उनले भने, ‘सम्माननीय राष्ट्रपतिज्युद्वारा संघीय संसदको संयुक्त बैठकलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न आह्वान गर्नुभएको थियो, त्यसबारेमा छलफल भयो । नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ । आर्थिक वर्ष अगावै १६ औं पञ्चवर्षीय योजना जुन छ, राष्ट्रिय योजना आयोगबाट तयार भएको विभिन्न चरणमा छलफल भएर १६ औं योजना पनि पारित गर्ने निर्णय भयो ।’



















