Dhulikhel Eco Banner new

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक सााधारण सभा सम्पन्न

5.38K
shares

काठमाडौं, ९ जेठ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक सााधारण सभा मिति २०८१/०२/०९ गते बुधवार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९/८० बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको छ ।

परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण, सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक बर्ष २०७९/०८० को वित्तिय विवरणहरु सहितको एकीकृत वित्तिय विवरण, आर्थिक बर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको छ ।

चुक्ता पूँजी रकम ३ अर्ब बीस करोड को २३.८० प्रतिशतले हुन आउने रकम ७६ करोड  लाख  बराबरको बोनश शेयर जारी गर्ने विशेष प्रस्ताव यसै साधारण सभामा पेश गरिएको हुँदा उक्त (वोनस शेयर तथा नगद लाभाशंमा लाग्ने कर सहित) प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने रकम ४ करोड चौरासी हजार दुई सय दश मात्र) नगद लाभाँस वितरण, सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न १ (एक) जना सञ्चालक श्री.स्नेहा शर्माज्यूको निर्वाचन रहेको छ ।

 कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक बर्ष २०८०/८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्तावहरु तथा आर्थिक बर्ष २०७९/८० सम्मको वितरणयोग्य मुनाफाबाट यस कम्पनीको चुक्ता पूँजी रकम ३ अर्ब बीस करोड) को २३.८० प्रतिशतले हुन आउने रकम ७६ करोड १६ लाख बराबरको बोनश शेयर जारी गर्ने, बोनस शेयर जारी गर्दा चुक्ता पूँजी ३ अर्ब ९६ करोड सोह्र लाख मात्र कायम हुने र नपुग पूँजी कायम गर्न उक्त पूँजीको २७ प्रतिशत छ ।

(१ः०.२७) को अनुपातमा हकप्रद शेयर जारी गर्ने, वोनस शेयर वितरण र हकप्रद शेयर निश्कासन पश्चात अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने तथा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने विषेश प्रस्ताव पारित गरिएको छ ।

कम्पनीका अध्यक्षबाट कम्पनीको सुचाङ्क सन्तोषजनक रहेको तथा समाधान कायम रहेको, मूल्य उन्मुख  व्यवसायीक अभ्यास गरेको, नीतिगत व्यवसाय अनुमान, जोखिममा आधारित व्यवसाय गर्न प्रतिवद्घ रहेको र छनौटको कम्पनी बन्ने दिशामा कार्यरत रहेको जानकारी गराउदै आगामी दिनमा आर्थिक क्रियाकलाप संगै कम्पनीको व्यवसाय बढोत्तरी हुने विश्वास प्रकट गरेका छन् ।