Dhulikhel Eco Banner new

रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्य

6.06K
shares

काठमाडौं, १९ जेठ । ललितपुर जिल्ला पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंक लि. ले सहकार्य गरेको छ ।

बैंकले रथ तान्ने भक्तजनहरुलाई २०० (दुई सय) थान टिसर्ट कुमारीपाटी शाखा मार्फत वितरण गरेको हो ।

ललितपुरको विभिन्न स्थानहरु हुँदै जावलाखेलमा भोटो देखाई जेठ २१ गते समापन हुने उक्त जात्रामा सहभागी भक्तजनहरुलाई जेठ १९ र २० गते जावलाखेल चोकमा सांग्रिला डेभलपमेन्ट बैंकले निःशुल्क पिउने पानी वितरणको व्यवस्था गराउने भएको छ ।

बैंकले जात्रामा सहभागीहरुलाई सहयोग गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

यस बैंकलाई् आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।