घट्यो सुनको मुल्य
वि.सं.२०८१ जेठ १० बिहीवार १२:११
4.88K
shares
shares

काठमाडौं, १० जेठ । बिहिबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ, बिहिबार सुनको मूल्य तोलामा १८ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघले बिहिबार सुनको भाउ तोलामा १ लाख ३८ हजार ७ सय रूपैयाँ तोकेको छ । बुधबार सुन प्रतितोला १ लाख ४० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको थियो । त्यसतै चाँदीको मुल्य पनि घटेको छ ।
आज चाँदीको मुल्य तोलामा ३५ रूपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला १९ सय रूपैयाँमा कारोबार भइरहेको थियो । भने आजका लागि १८ सय ६५ रूपैयाँमा झरेको छ ।


















