Dhulikhel Eco Banner new

गाँजा खेतीबारे छलफल गर्न समितिले बोलायो गृहसहित चार मन्त्री

4.06K
shares

काठमाडौं, २४ जेठ । आगामी आव ०८१र८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले चारजना मन्त्री बोलाएको छ।

आरजु राणा देउवा सभापति रहेको समितिको बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ। समितिले बजेटको २९ बुँदामा उल्लेखित ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ विषयमा छलफल चलाउन लागेको हो।

संसद् सचिवालयका उपसचिव शिवदत्त बरालका अनुसार बैठकमा गाँजा खेतीको औषधि प्रयोजनका लागि यसको उत्पादन, प्रशोधन, बिक्री(वितरणसँग सम्बन्धित विषयमा कानुनी वातावरण तयार गरी वैधानिकता प्रदान गर्ने सम्बन्धमा छलफल हुनेछ।

छलफलका लागि आठवटा मन्त्रालयलाई आमन्त्रण गरिएको छ। चारवटा मन्त्री नै उपस्थित हुनेछन्। समितिका अनुसार गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आमन्त्र गरिएको छ। यी मन्त्रालयका सचिव पनि उपस्थित हुनेछन्।

यसैगरी कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं विज्ञ सरोकारवाला व्यक्तित्वहरूसमेतको सहभागितामा छलफल हुने उपसचिव बरालले जानकारी दिए।