Dhulikhel Eco Banner new

बिहिबार सामान्यले घट्यो नेप्से परिसूचक

3.87K
shares

काठमाडौं, २४ जेठ । बिहिबार शेयर बजार सामान्यले घटेको छ । शेयर बजार  नेप्से परिसूचक  बिहिबार १ दशमलव ९३ अङ्कले घटेर २ हजार ७७ दशमलव ७८ विन्दुमा झरेको छ ।

बिहिबार होटल, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, उत्पादन, बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज माई खोला हाइड्रोपावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज तीन सय २२ वटा कम्पनीका ८८ लाख १३ हजार कित्ता शेयर ४ अर्ब ३८ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको १८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।