Dhulikhel Eco Banner new

प्रहरी सहायक हवल्दार विष्ट पुरस्कृत

7.4K
shares

काठमाडौं, २१ जेठ । नेपाल प्रहरीमा कार्यरत प्रहरी हवलदार देवराज विष्ट पुरस्कृत भएका छन् । महानगरीय प्रहरी ट्राफिक प्रहरी कार्यालयमा कार्यरत विष्ट नगद सहित पुरस्कृत भएका हुन् ।

उनी सहतिका प्रहरीको कार्य सम्पादनको मूल्यांकन गरेर पुरस्कृत गरिएको बताइएको छ । उनीसहितको टोलीले सुनसरीको वराह क्षेत्र नगरपालिका वडा नम्बर १ कोशी टप्पुको जंगलमा लुकाइराखेको गाँजा बरामत गरेको र प्रहरीको शिर उच्चा बनाएको भन्दै नगद सहित पुरस्कृत गरिएको हो ।

कार्यमा खटिएका प्रहरी कर्मचारीहरुले उच्च मनोवलका साथ आफ्नो डिउटी बफादारीता तथा व्यवसायिक प्रहरीको नमुना प्रस्तुत गरेको हुदाँ निज प्रहरी कर्मचारीहरुले गरेको उत्कृष्ट कार्यको कदर स्वरुप पुरस्कृत गरिएको बताइएको छ ।