क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?
वि.सं.२०८१ साउन ४ शुक्रवार ०६:००
shares
सांकेतिक तस्वीर ।
काठमाडौं, ४ साउन । पछिल्लो समय क्यूआरको प्रयोग निकै बढेको छ । पछिल्लो समय ठूला व्यापारिक क्षेत्रमा मात्रै होइन सामान्य पसलहरुमा पनि क्युआर कोर्डको प्रयोग अत्याधिक मात्रामा भइरहेको छ । विद्युतीय माध्यमबाट हुने यो कारोबारका फाइदा पनि निकै धेरै रहेका छन् ।
अहिले अर्बौं, खर्बौं रुपैयाँसम्म पनि क्युआर मार्फत आदानप्रदान हुने गरेको छ । जसबाट नगद बोक्नु पर्ने बाध्यताको अन्त्य भएको छ । जुन यो प्रविधिको सबैभन्दा ठूलो फाइदा हो ।
क्युआर कोडको प्रयोगले नोट धुलो–मैलो हुने समस्याबाट पनि बचाउँछ । यसले उपभोक्ता र सेवाप्रदायक दुवैको समय बचत गर्छ । यो प्रणालीको प्रयोगले केही सेकेन्डमै पैसा लेनदेन हुन्छ, जसले समय बचाउँछ ।
यो प्रणलीमार्फत गरिने कारोबार अत्यन्तै पारदर्शी हुन्छ । यसमा लुकीछिपी कोही–कसैले दुई नम्बरी काम गर्ने सम्भावनै हुँदैन । यसमा तपाईंले गरेको कारोबार रेकर्डमै देखिन्छ । कोभिडका कारण हामीले जुन समस्या भोग्नुपर्यो, त्यसको हल यही प्रविधिको प्रयोगमा छ ।
यसमा त्यस्ता समस्या आउँदैनन् । कार्डको प्रयोगमा छुनसम्म पथ्र्यो, तर यो परैबाट देखाएर कारोबार गर्न सकिन्छ ।
वित्तीय साक्षरता १ :
जान्नुहोस् बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?
वित्तीय साक्षरता २ :
पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?
वित्तीय साक्षरता ३ :
राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा



















