Dhulikhel Eco Banner new

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

2.6K
shares

काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको जनाइएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान् श्रीमती हुन् भने अधिराज उनीहरूका छोरा हुन् ।

पारिवारिक स्रोतका अनुसार मनुराज प्राविधिक हुन् । सौर्य एयरले विमानमा कर्मचारीहरु सवार रहेको जनाएको छ । मनुराजकी श्रीमती प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत रहेको बताइएको छ। प्राविधिक मनुराज पोखरा जाने भएपछि पत्नी बच्चासहित सँगै जान लागेकी थिइन् ।