Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकको खुद नाफा सामान्य घट्यो

3.02K
shares

काठमाडौं, २१ साउन । सिद्धार्थ बैंक लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

बैंकले ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। सोही अवधिसम्ममा बैंकले ३ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७८ प्रतिशत कम हो । खुद ब्याज आम्दानी सामान्य घटेको र इम्पेरमेन्ट चार्ज सामान्य बढेका कारण बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेसेयर आम्दानी पनि घटेको छ। सोही अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ७ पैसा घटेर २१ रुपैयाँ ४० पैसामा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात १३.२२ गुणा रहेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ३६ करोड ६६ लाख रुपैयाँ रहेको छ।

१४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ । बैंकको निक्षेप ७।९० प्रतिशत बढेको छ भने कर्जा ६.१५ प्रतिशत बढेको छ

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी २.३३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३।४३ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत र सञ्चालन मुनाफा ६.१० प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा २.०१ प्रतिशतबाट बढेर २.२२ प्रतिशत पुगेको छ।