जानकी फाइनान्स १३ करोड ७१ लाख घाटामा
वि.सं.२०८१ साउन २३ बुधवार १४:३०
shares

काठमाडौं, २३ साउन । जानकी फाइनान्स लिमिटेडको गत आवको चौथो त्रैमाससम्ममा १३ करोड ७१ लाख घाटामा रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा कम्पनी ४१ लाख ४८ हजार नाफामा थियो । अघिल्लो वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज १२ करोड ४० लाख रहेकोमा गत आवमा बढेर २१ करोड १८ लाख भन्दा बढी पुगेको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ भने ५७ रुपैयाँ ८६ पैसा रहेको छ भने चुक्ता पूँजी ६९ करोड ४ लाख रहेको छ । कम्पनीले जगेडामा ४३ करोड ९ लाख सञ्चिती गरेको छ भने रिटेन्ड अर्निङ ७२ करोड १८ लाख ऋणात्मक रहेको छ ।
त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा गत वर्ष २९.६८ प्रतिशत घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी १६ करोड ८ लाख रहेकोमा घटेर ११ करोड ३० लाखमा झरेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८७ पैसा ऋणात्मक रहेको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ६० पैसा धनात्मक थियो ।
















