राष्ट्र बैंकले १ खर्ब तरलता खिच्दै
वि.सं.२०८१ भदौ २ आइतवार १३:४४
shares

काठमाडौं, २ भदौ । नेपाल राष्ट्र बैंकले सोमबार बैंकिङ प्रणालीमा १ खर्ब तरलता खिच्ने भएको छ । आइतबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको हो ।
राष्ट्र बैंकका अन्सार २१ दिनका लागि बोलकबोल हुने उक्त उपकरणको सावाँ र ब्याज २३ भदौमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोबाट तय हुनेछ । बैंकहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल पेस गर्न सक्नेछन् ।


















