Dhulikhel Eco Banner new

भिरबाट खसेको ढुंगा लागेर बस पल्टियो

2.24K
shares

चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ। शुक्रबार दिउँसो भरतपुर–२९ सत्रकिलोमा बाटो माथिको ढुंगा खस्दा बस पल्टिएको हो । उक्त दुर्घटनामा परी १० जना यात्रु घाइते भएका छन् ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १ : ५० बजेतिर ढुंगा खसेको थियो ।