सुनको मूल्यमा गिरावट
वि.सं.२०८१ भदौ १६ आइतवार ११:००
2.02K
shares
shares

काठमाडौं, १६ भदौ । स्थानीय बजारमा साताको पहिलो दिन पहेलो धातुको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ६ सयले घटेको हो ।
शुक्रबार तोलामा १ लाख ५२ हजार ९ सयमा कारोबार भएको सुन आइतबार तोलामा ६ सयले घटेर १ लाख ५२ हजार ३ सयमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार चादीँको मूल्य पनि २५ रुपैयाँले घटेको छ । शुक्रबार तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार १ हजार ७९५ रुपैयाँमा कायम भएको छ ।



















