महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
वि.सं.२०८१ भदौ १६ आइतवार १४:४७
shares

काठमाडौं, १६ भदौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
बैंकका अुसार सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः
| क्र.स | संस्थाको नाम | ठेगाना | सेवाहरु | छुट प्रतिशतमा |
| १ | कसमस रिट्रट्स प्रा.लि. | चावहिल, काठमाण्डौं | जन्मदिन, विवाह, व्रतवन्ध, वार्षिकोत्सव, पार्टी लगायतका उत्सवहरुको लागि केकको मुल्यमा | १५ |
| ३५ दिने बेकरी तथा पेस्ट्री तालिम शुल्कमा | १० | |||
| ३५ दिने फन्डक्ट तालिम शुल्कमा | १० | |||
| २ | श्रीराम हस्पिटल प्रा.लि. | विरगंज, पर्सा | ओ.पि.डि शुल्क | ३० |
| ल्याब शुल्क | २० | |||
| फार्मेसी, शल्यक्रिया तथा बेड शुल्क | १० | |||
| युएसजी, एक्स–रे, ईसीजी, इको शुल्क | १० | |||
| आमा सुरक्षा (सामान्य र सिजेरियन) शुल्क | निःशुल्क | |||
| ३ | सि.एम.सी चुरे हस्पिटल | हेटौंडा, मकवानपुर | कानुनी मामिला बाहेकका अस्पताल सुविधाहरु | २०
|
| कानुनी मामिला बाहेकका फार्मेसी सुविधाहरु | ७
|
|||
| ४ | होटल भिषूवा प्रा.लि. | विरगंज, पर्सा | पेय पदार्थ शुल्क | १० |
| रेस्टुरेन्ट शुल्क | १५ | |||
| पौडी र स्पा शुल्क | ३० | |||
| आवास शुल्क | २० | |||
| ५ | शितल चौतारी होटल मानेन्जमेन्ट इन्स्टिच्युट एण्ड रेस्ट्रो प्रा.लि | नयाँ बानेश्वर | खाना तथा पेय पदार्थ | १४ प्रतिशत |
| ६ | अल्फा डेन्टल | हेटौंडा, मकवानपुर | सबै किसिमका दन्त सुविधाहरु | १५ प्रतिशत |
यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।


















