Dhulikhel Eco Banner new

५३ अंकले घट्यो शेयर बजार

2.16K
shares

काठमाडौं, १६ भदौ । साताको पहिलो दिन शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आइतबार शेयर बजार ५३.६३ अंकले घटेर २,६९५ को विन्दुमा कायम भएको छ । यसदिन ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको र ४ कम्पनीको स्थिर रहेको छ । यसदिन कारोबार रकम घटेर १० अर्ब ५१ करोडमा झरेको हो ।

यसदिन सबैभन्दा धेरै सुपर पावर हाइड्रोपावरको १० प्रतिशतले बढेको छ हिमालयन पावरको ९.८७ प्रतिशतले बढेको छ । त्यस्तै, कुथेली बुखारी हाइड्रोपावरको ८.७३ प्रतिशतले बढेको छ ।

यसदिन सबैभन्दाa धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएउको छ । कम्पनीको ५२ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३३ करोड ४३ लाख रुपैयााको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ३३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बैंकिङ २.३४, विकास बैंक १.८५, फाइनान्स ३.४४, होटल तथा पर्यटन २.९८, हाइड्रोपावर २।४०, लगानी १.३३, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा १.२३, अन्य १.०४ र व्यापार समूह ०.१९ प्रतिशत घटेको छ ।