Dhulikhel Eco Banner new

लचिलो मौद्रिक नीतिका कारण थोरै भए पनि अर्थतन्त्र चलायमान भएको छ : डेपुटी  गभर्नर मिश्र

2.63K
shares

काठमाडौं, १६ भदौ । । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक निति केहि लचिलो बनाएको कारण अर्थतन्त्रका केहि नियामक कानुनबाट अहिले बजारमा केहि थोरै मात्रा आर्थिक चलायमान भएको बताएका छन् ।

आइतबार नाडा अटो शोमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले बजारमा केहि थोरै मात्रा आर्थिक चलायमान भएको बताएका हुन् ।

उनले नियामकका हिसाबले गरेका केही व्यवस्था अटो र शेयर मार्केटमा देखिएको र अहिले एनपीएको वृद्धि समस्याका रुपमा देखिएको बताएका छन् । उनले अहिले ईभीमा २० प्रतिशत र आईसीईमा ४० प्रतिशत डाउनपेमेन्टको व्यवस्था भएको बताए । राष्ट्र बैंकले अहिले वातावरणका हिसाबले पनि ईभीलाई प्राथमिकतामा राखेको बताए ।