बैंकहरुले ऊर्जा क्षेत्रमा ३५० अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ : सुनिल केसी
वि.सं.२०८१ भदौ १६ आइतवार १७:०५
shares

काठमाडौ, १६ भदौ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नाडा अटो शो मा ९५ प्रतिशत भन्दा बढि इलेक्ट्रिकल भेकल देख्दा धेरै परिवर्तन भएको बताएका छन् ।
आइतबार नाडा अटो शोमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले ९५ प्रतिशत भन्दा बढि इलेक्ट्रिकल भेकल र अरु भेकल केहि मात्रामा देख्दा ४ ५ वर्ष यता धेरै परिवर्तन भएको बताएका हुन् ।
उनले भने, बैंकहरुले ऊर्जा क्षेत्रमा ३५० अर्बभन्दा बढी कर्जा प्रवाह गरेका र ईभीको बढ्दो आयात र बिक्रीले इकोसिस्टमलाई सपोर्ट गर्छ भन्नेमा विश्वस्त रहेको बताए ।
चार्जिङ स्टेसनलगायतका पूर्वाधार खडा गरेर विद्युतीय सवारीको व्यवसायलाई दीगो बनाउनेतर्फ सम्बद्ध व्यवसायी लाग्नुपर्ने र बैंकिङ क्षेत्र पनि सँगै अगाडि बढ्ने बताएका छन् ।


















