Dhulikhel Eco Banner new

नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

2.28K
shares

काठमाडौं, १९ भदौ । नेपाल इन्स्योरेन्सले संस्थापक समूहको शेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक समूहको ६६ हजार ५६६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त संस्थापक शेयर जोकोही योग्य व्यक्ति तथा कम्पनीले खरिद गर्न पाउनेछन् । आवेदन आज भदौ १९ गतेदेखि असोज २ गतेसम्म दिन सकिने छ ।

शेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ भने, कम्तिमा एक हजार कित्ता शेयरको लागि आवेदन सकिनेछ ।

नेपाल बीमा प्राधिकरणको बीमकको संस्थापक शेयर कारोबार सम्बन्धि निर्देशिका २०७७ बमोजिम संस्थापक शेयर बिक्रीमा राखिएको हो ।

बोलपत्र आवेदन फाराम इन्स्योरेन्सको बिक्री प्रवन्धक एनआईएमबि एस क्यापिटमा पेश गर्न सकिने छ ।