Dhulikhel Eco Banner new

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै

2.11K
shares

काठमाडौं, १९ भदौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार फेरि एकैपटक ४० अर्ब तान्ने भएको छ।

अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब रुपैयाँ तान्न लागेको हो। यसका लागि आज अपराह्न ३ बजेबाट बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। यो २१ दिने निक्षेप संकलन उपकरणको असोज ९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ १६ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ। बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी भने ५१ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।