सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस शेयर घोषणा
वि.सं.२०८१ भदौ ३१ सोमवार १३:५६
3.48K
shares
shares

काठमाडौं, ३१ भदौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।
भदौ ३० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले कायम चुक्ता पूँजीको १८.३८११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घाषणा गरेको हो।
नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ।
















