Dhulikhel Eco Banner new

नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न  : ३० अर्ब पुगेको कारोबार किन ६ अर्बमा आयो ?

2.68K
shares

काठमाडौं, २ असोज । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अवलोकन भ्रमण गरेका छन् । नेप्से परिसूचक पछिल्लो समय ओरालो लागेपछि अर्थमन्त्री पौडेल यसको कारण खोज्न नेप्से पुगेका हुन् ।

अर्थमन्त्री पौडेलले ३० अर्ब पुगेको कारोबार किन ६ अर्बमा आयो ? भन्दै प्रश्न गरे । बजार किन २५ सयमा आएको भन्ने उनको जिज्ञासा थियो । उनले बजारमा पछिल्लो समय आइरहेको गिरावटले अर्थमन्त्रालयको ध्यान तानेको हुँदा आफु नेप्सेको दैलोमा आइपुगेको बताए । उनले भने, ‘पुँजी बजारमा कुन ट्रेनमा चलेको छ । अहिले म माथि प्रश्न उठी रहेको छ । राजनीतिका कारण बजार प्रभावित हुन्छ भनिन्छ तर पछिल्लो एक दुई साता बजार ओरालो लागि रहेको छ । राजनीतिमा केहि नहुँदा समेत बजार ओरालो किन लागि रहेको छ । यो प्रश्न सबै नियामकमा उठेको छ ।’

३० अर्ब बराबर कारोबार भएको शेयर बजार हाल घटेर ५ देखि ६ अर्बमा किन सीमित भयो,’ अर्थमन्त्रीले भने, ‘३०४० को विन्दुमा पुगिसकेको नेप्से पछिल्लो समय लगातार ओरालो लागेर २५०० सयमा किन झर्‍यो ।’पौडेलले बजारको दिगो विकासको लागि सबै पक्षले काम गर्नुपर्नेमा जोड दिए।

उनले नेप्सेको कारोबार प्रणालीमा विश्वसनियता नभएको भन्दै प्रश्न उठाए । नेप्सेको सिस्टममा आइरहेको खराबीको बारे समेत पौडेलले जवाफ माग गरेका हुन् । उनले भने, ‘कुनै समय १२ बजेसम्म टिएमएस प्रणालीले काम गरेन त्यो किन भयो रु यो समस्या किन आइरहेको छ जवाफ खोज्नु परेको छ ।