मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
वि.सं.२०८१ असोज ६ आइतवार १६:०८
shares

काठमाडौं, ६ असोज । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ परेको छ । साइबर व्युरो र भक्तपुर प्रहरीको संयुक्त टोलीले प्रसाईंलाई अपरान्ह निवासबाटै पक्राउ गरेको हो ।
प्रहरीले शुरुमा ३ मिनेटभित्र ढोका खोल्न भने पनि भित्रबाट एक घण्टासम्म ढोका खुलेन । उल्टै घरभित्रबाट अपशब्द प्रयोग गर्दै गालीगलौज गरिएपछि प्रहरी बलजफ्ती प्रसाईंको घर कम्पाउन्डमा छिरेको हो ।
साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सघाएका छन् । विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।
















