नागरिक उड्डयान प्राधिकरणको कार्यालयमा अख्तियारको छापा
वि.सं.२०८१ असोज १६ बुधवार १४:३५
1.83K
shares
shares

काठमाडौं, १६ असोज । सिनामंगलस्थित नेपाल नागरिक उड्डयान प्राधिकरणको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडिको क्यानको नयाँ भवन निर्माणमा अनियमितता भएको उजुरीपछि अख्तियारको टोलीले छापा मारेको हो ।
विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणको अनियमिततावारे उजुरी अनुसन्धानको सिलसिलामा कागजात माग भएको थियो तर कतिपय महत्वपूर्ण कागजात उपलब्ध नगराएपछि कार्यालयमा पुगेर छापा मारेर कागजात लिनुपरेको अख्तियारले जनाएको छ ।



















