Dhulikhel Eco Banner new

समृद्धि फाइनान्स अवितरित हकप्रद शेयर असार १ गतेबाट बिक्रीमा

4.89K
shares

काठमाडौं, २५ जेठ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ७ लाख ७२ हजार ६६६ कित्ता अवितरित हकप्रद शेयर असार १ गतेदेखि बिक्री गर्ने भएको छ ।

कम्पनीले यसअघि फागुन ८ गतेदेखि २९ गतेसम्म हकप्रद शेयर निष्कासन गर्दा विक्री हुन नसकेको ९ लाख ४० हजार ४६६ कित्ता संस्थापक शेयर चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म लिलामीमा बिक्री खुला गरेको थियो ।

सो अवधिमा विक्री हुन नसकेको संस्थापकतर्फको उल्लेखित शेयर कम्पनीले पुनः लिलामीमा बिक्री गर्न लागेको हो ।

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक तथा सर्वसाधारण शेयरधनी तथा अन्य जो कोहि व्यक्ति तथा संस्थाहरूले असार ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रतिकित्ता रू. १०० तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै आवेदन दिन सकिनेछ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूको विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिनेछ । साथै समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौँडा, मकवानपुर, शाखा कार्यालय पुतलीसडक, काठमाडौं, चितवन, पोखरा र बुटवलबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।