Dhulikhel Eco Banner new

सन नेपाल लाइफ इन्स्योरेन्स द्वारा मार्केटिङ म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

2.76K
shares

काठमाडौं, १२ कात्तिक । सन नेपाल लाइफ इन्स्योरेन्सले असोज मसान्तसम्म नियुक्त हुने मार्केटिङ मेनेजरहरुलाई ग्राण्ड होटेल पोखरामा कात्र्तिक ९ र १० गते २ दिनको मार्केटिङ म्यानेजर इन्स्टलेसन प्रोग्राम टाइटलको ग्राण्ड कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ, ट्रेनर तथा लाइफ कोच रविन कटुवाल लगायत प्रदेश प्रमुख तथा विभिन्न शाखा प्रमुखहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा देशैभरबाट ५०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीको ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे(सुन्तली) ले अभिकर्ता मार्फत सामाजिक रुपमा सेवा प्रदान गराउँदै ब्यवसायिक रुपमा अर्थाेपार्जन गर्न सकिने बताए र महिलाहरुले गृहिणीको रुपमा मात्र सिमित नरही व्यवसायिक रुपमा अभिकर्ता मार्फत र आत्मनिर्भर र सामाजिक रुपान्तरण गर्न आग्रह गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले यस डिजिटल युगमा डिजिटल साक्षरताको महत्वबारे चर्चा गरे । उनले यस प्रतिस्पर्धात्मक युगमा डिजिटलाइजेसनले अभिकर्ताहरुलाई सफल बनाउन कसरी मद्दत गर्न सक्छ भन्ने कुरामा मार्ग दर्शन पनि दिए । साथै, उनले आफ्ना अभिकर्ताहरुलाई अझ राम्रो कार्य सम्पादन गर्न र ग्राहकलाई सुरक्षित जीवनको प्रत्याभूति दिलाउन नवीनतम योजनाहरु ल्याउन काम गरिरहेको जानकारी दिए ।