Dhulikhel Eco Banner new

धनुषामा २२१ केजी लागुऔषध गाँजासहित एक जना पक्राउ

2.94K
shares

जनकपुरधाम । लागुऔषध गाँजासहित धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २२१ केजी ३८ ग्राम गाँजा सहित प्रहरीले प्रकाश लुड्वालाई पक्राउ गरेको हो ।

धनुषा प्रहरीबाट विशेष सुचनाको आधारमा खटेको टोलीले जनकपुरधाम १४ बाबा आयल सेन्टर अगाडीबाट भिमफेदी गाउँपालिका २का २४ वर्षिय लुड्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मकवानपुरको भिमफेदीबाट जनकपुर तर्फ आउदै गरेको ना.५ ख. १७७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त ट्रकको पछाडीपट्टीको बडिको भागमा फल्स बटम बनाई लुकाई छिपाई गरि ल्याउदै गरेको प्रतिबन्धित २ सय २१ केजी लागुऔषध गाँजा बरामद गरिएको धनुषा प्रहरी प्रवक्ता बरुण बहादुर सिंहले जनाएको छ ।