शेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो
वि.सं.२०८१ कात्तिक १४ बुधवार १५:०६
shares

काठमाडौं, १४ कात्तिक । बुधबार शेयर बजार १४.४३ अंकले घटेको छ । शेयर बजार १४.४३ अंकले घटेर २,६७७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ र ५ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम घटेर ५ अर्ब ९५ करोडको कारोबार भएको हो ।
शेयर बजारमा गुरास लघुवित्त र मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको ४.९० प्रतिशतको दरले घटेको छ ।



















