शेयर बजारमा आज यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ कात्तिक २० मंगलवार १५:१७
shares

काठमाडौं, २० कात्तिक । मंगलबार शेयर बजारमा सामान्य गिरावट आएको छ । शेयर बजार ०.२१ अंकले घटेर २,६७७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ र ६ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम घटेर ४ अर्ब २० करोडको कारोबार भएको हो ।
शेयर बजारमा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको १० प्रतिशतको दरले घटेको छ ।
यसदिन अपर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले ८.९४ प्रतिशतका दरले गुमाएका छन् भने सामलिंग पावर कम्पनीका लगानीकर्ताले ६.४९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी एक्सल डेभलपमेन्ट बैंका लगानीकर्ताले ५.९७ प्रतिशतका दरले गुमाएका छन् भने एनआईसी एशिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले ५.९१ प्रतिशतका दरले गुमाएका छन् ।



















