Dhulikhel Eco Banner new

शेयर बजारमा आज यी ५ कम्पनीले कमाए सर्वाधिक

1.91K
shares

काठमाडौं, २० कात्तिक । मंगलबार शेयर बजारमा सामान्य गिरावट आएको छ । शेयर बजार ०.२१ अंकले घटेर २,६७७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ र ६ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम घटेर ४ अर्ब २० करोडको कारोबार भएको हो ।

शेयर बजारमा सुपर माइ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन समाज लघुवित्तका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् भने युनाइटेड मोडी हाइड्रोपावरका लगानीकर्ताले ९.५१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी गुरास लघुवित्तका लगानीकर्ताले ९.३२ प्रतिशतका दरले कमाएका छन् भने रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ८.७५ प्रतिशतका दरले कमाएका छन् ।