शेयर बजारमा सामान्य गिरावट, घट्यो कारोबार रकम
वि.सं.२०८१ कात्तिक २० मंगलवार १५:०६
2.04K
shares
shares

काठमाडौं, २० कात्तिक । मंगलबार शेयर बजारमा सामान्य गिरावट आएको छ । शेयर बजार ०.२१ अंकले घटेर २,६७७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ र ६ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम घटेर ४ अर्ब २० करोडको कारोबार भएको हो ।
शेयर बजारमासुपर माइ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको १० प्रतिशतको दरले घटेको छ ।



















