शेयर बजारमा दोहोरो अकंको गिरावट
वि.सं.२०८१ कात्तिक २८ बुधवार १४:५८
shares

काठमाडौं, २८ कात्तिक । बुधबार शेयर बजारमा दोहोरो अकंले गिरावट आएको छ । शेयर बजार १४.१२ अकंले घटेर २७३४.८३ बिन्दुमा कायम भएको छ ।
आज ९९ कम्पनीको मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्य घटेको छ । आज ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९१ करोडको शेयर कारोबार भएको छ ।
शेयर बजारमा सप्तकोशी डेभलपमेन्ट बैंक र श्रीजनशील लघुवित्त वित्तीयका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन कुथेली बुखारी स्मल हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको १० प्रतिशतको दरले गुमाएको छ ।


















