Dhulikhel Eco Banner new

होटल गरिमा लिमिटेडले बोलायो प्रथम वार्षिक साधारण सभा, आईपीओ प्रस्तावसमेत पेश हुने

663
shares

काठमाडौं । सुनसरीस्थित होटल गरिमा लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी ऐन २०६३ बमोजिम स्थापित उक्त संस्थाले सञ्चालक समितिको निर्णयअनुसार आगामी वैशाख २९ गते सभा आयोजना गर्ने जनाएको छ।

कम्पनीले जारी गरेको सूचनाअनुसार साधारण सभा बिहान ११ बजे कम्पनीको कार्यालय, सुनसरीमा बस्नेछ। सो सभामा कम्पनीका सम्पूर्ण शेयरधनीलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। कम्पनीले पहिलो वार्षिक साधारण सभामार्फत महत्वपूर्ण नीतिगत तथा वित्तीय विषयहरूमा निर्णय गर्ने तयारी गरेको जनाएको छ।

सभामा प्रस्तुत गरिने प्रस्तावहरूमा सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्ने विषय समावेश छन्। साथै, कम्पनीको नियमावली संशोधन गर्ने प्रस्तावसमेत सभामा पेश गरिनेछ।

त्यसैगरी, कम्पनीले आफ्नो शेयर सर्वसाधारणमा निष्काशन गर्ने विषयलाई पनि एजेन्डामा समावेश गरेको छ। नेपाल धितोपत्र बोर्डमा आवश्यक प्रक्रिया पूरा गरी प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गर्ने तयारी गरिएको सूचनामा उल्लेख छ।

यसबाहेक, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभामा छलफल गरिनेछ। अन्य विविध विषयहरूमा पनि आवश्यक निर्णय लिइने कम्पनीले जनाएको छ।

कम्पनीले थप जानकारीका लागि आफ्नो रजिष्टर्ड कार्यालय, सुनसरीमा सम्पर्क गर्न अनुरोध गरेको छ।