Dhulikhel Eco Banner new

शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम बढ्यो

2.22K
shares

काठमाडौं, २ मंसिर । आइतबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.९८ अंकले बढेर २,७५३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ कम्पनीको शेयर मूल्य घटेको छ र ६ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम बढेर ११ अर्ब ७२ करोडको कारोबार भएको हो ।

शेयर बजारमा स्वाभीमान लघुवित्त र उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन समृद्धि फाइनान्स र गुराँस लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेको छ ।