Dhulikhel Eco Banner new

शेयर बजारमा उच्च अंकले गिरावट, घट्यो कारोबार रकम

2.29K
shares

काठमाडौं, ४ मंसिर । मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ५१.११ अंकले बढेर २,७०२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २० कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर १० अर्ब ४६ करोडको कारोबार भएको हो ।

राताम्मै भएको शेयर बजारमा आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन ङ्यादी ग्रुपकाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.९३ प्रतिशतको दरले घटेको छ ।

सबै सूचक घटेका छन् । बैंकिङ १.११, विकास बैंक २.२९, फाइनान्स २.३१, होटल तथा पर्यटन ३.१७, हाइड्रोपावर ३.०७, लगानी २.०८, जीवन बीमा १.९४, उत्पादन १.४८, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा १.६९, अन्य १.५८ र व्यापार २.२१ प्रतिशत घटेको छ ।