Dhulikhel Eco Banner new

शेयर बजारमा ३१.३१ अंकले गिरावट, बढ्यो कारोबार रकम

2.7K
shares

काठमाडौं, ६ मंसिर । बिहीबार शेयर बजारमा उच्च अंकले घटेको छ । शेयर बजार ३१.३१ अंकले घटेर २,६८० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ र ३ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ८ अर्ब १६ करोडको कारोबार भएको हो ।

शेयर बजारमा सामुदायिक लघुवित्त र थ्री स्टारहाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेको छ ।