शेयर बजारमा दोहोरो अंकले वृद्धि, घट्यो कारोबार रकम
वि.सं.२०८१ मंसिर १० सोमवार १५:०७
shares

काठमाडौं, १० मंसिर । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १५.८३ अंकले घटेर २,६८३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १६९ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ र ९ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम भने घटेर ६ अर्ब ३४ करोडको कारोबार भएको हो ।
शेयर बजारमा बेष्ट फाइनान्सकाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको कम्पनीको शेयर मूल्य ९.९१ प्रतिशतका दरले बढेको छ ।
यसदिन ङादी ग्रुपका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेको छ ।



















