Dhulikhel Eco Banner new

नेपाल एयरलाइन्सले क्याप्टेन केसीको नाममा निकाल्यो ३५ दिने सूचना

2.81K
shares

काठमाडौं, १९ मंसिर । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्याप्टेन रोशन केसीको नाममा ३५ दिने सूचना जारी गरेको छ ।

निगमले सम्झौताअनुसार काम नगरेको भन्दै तलब भत्ता, भ्रमण भत्ता लगायत शीर्षकमा बुझेको ब्याजसहित फिर्ता गर्न सूचना जारी गरेको हो ।

उनले निगमकै खर्चमा तालिम लिएको, विभिन्न मुलुक भ्रमण गरेको, यसबापत भत्ता बुझेको, उक्त अवधिको तलब पनि बुझेको तर तालिमपछि काममा नफर्किएको निगमले जनाएको छ ।

यसबारे पटक पटक लिखित तथा मौखिक जानकारी दिदा समेत उपस्थित नभएपछि सार्वजनिक सूचना जारी गरेको निगमले जनाएको छ ।