Dhulikhel Eco Banner new

शेयर बजारमा गिरावट, २०१ कम्पनीको शेयर मुल्य घट्यो

2.38K
shares

काठमाडौं, २० मंसिर । साताको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ ।  शेयर बजार १५.९३ अंकले घटेर २,७३४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ८ अर्ब ३६ करोडको कारोबार भएको हो ।

शेयर बजारमा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।

यसदिन सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.३७ प्रतिशतको दरले घटेको छ ।