Dhulikhel Eco Banner new

शेयर बजारमा उच्च अंकले गिरावट, २०४ कम्पनीको शेयर मूल्य घट्यो

2.99K
shares

काठमाडौं, २७ मंसिर । बिहीवार शेयर बजारमा उच्च अंकले घटेको छ । शेयर बजार ३३.४२ अंकले घटेर २,६८२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन कारोबार रकम पनि बढेर ६ अर्ब १४ करोडको कारोबार भएको हो ।

राताम्य भएको शेयर बजारमा त्रिशुली जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.५५ प्रतिशतका दरले बढेको छ ।

यसदिन जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतको दरले गुमाएका छन् ।