डाटाहवद्धारा नेपाल मै सर्वप्रथम अब्जेक्ट स्टोरेज सेवा सञ्चालनमा
वि.सं.२०८१ पुस ४ बिहीवार १०:२३
shares

काठमाडौं, ४ पुस । डाटाहव प्रा.लि.ले नेपाल मै सर्वप्रथम अब्जेक्ट स्टोरेज सेवा सेवा सञ्चालनमा ल्याएको छ । देश भित्र नै निर्माण भएको पुर्वाधारमा जुनसकै स्थानबाट सजिलै कनेक्ट गर्न सकिने यस सेवामा विश्व प्रसिद्ध सेक्योरिटी प्रणालीबाट डाटालाई सुरक्षित गरिएको हो ।
आ–आफ्नो डाटाको परिमाण अनुसार आवश्यकता अनुसार थपघट गरि लिन सकिने यो सेवा विदेशी एस थ्री स्तरिय रहेको र अन्य विदेशी सेवा भन्दा सुलभ, सुरक्षित र भरपर्दो हुनुको साथै न्युन मूल्यमा नै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । स्वदेशमा नै यो सेवा उपलब्ध भएकोले यसबाट विदेशी मुद्रा सञ्चितिका साथै नेपालमा सूचना प्रविधि क्षेत्रमा डाटालाई अझ सुरक्षित र विश्वसनीय बनाउनमा समेत योगदान रहनेमा कम्पनी विश्वस्त रहेको छ ।
नेपालको आफ्नै डाटा सेन्टर तथा क्लाउड सेवा प्रदायक डाटाहबले विगत १४ वर्षदेखि नेपालमा बैंक तथा वित्त, बीमा, स्वास्थ्य, शिक्षा, सहकारी, सूचना प्रविधि लगायत विभिन्न संघ संस्थाहरुलाई डाटा सेन्टर तथा क्लाउड सेवाहरु तथा रुपन्देहीको वुटवलबाट डिजास्टर रिकभरी सेवा निरन्तर प्रदान गर्दै आइरहेका यस संस्थाले आगामी दिनमा अझ विश्व स्तरिय साइबर सुरक्षा साथ सुरक्षित र उत्कृष्ट सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।
















