Dhulikhel Eco Banner new

गरिमा विकास बैंकको लाभांश घोषणा

2.26K
shares

काठमाडौं, ५ पुस । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले कर सहित ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई नगद मात्रै लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।