Dhulikhel Eco Banner new

नाडेप लघुवित्तमा रोजगारीको अवसर

3.19K
shares

काठमाडौं, ५ पुस । नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै व्यवस्थापकीय र अधिकृत तहमा केहि संख्यामा कर्मचारी माग कर्मचारी माग गरेको हो ।

विभाग प्रमुखका लागि चार्टड अकाउन्टेन्ट एसिसिए वा सिपिए तह उत्तीर्ण गरि बैंक तथा वित्तिय संस्थामा २ वर्ष कार्य अनुभव गरेको हुनुपर्नेछ भने आन्तरिक लेखापरिक्षकका लागि चार्टड अकाउन्टेन्ट उत्तीर्ण गरेको र उक्त कोर्ष अन्तर्गत ३ वर्षको आर्टिकलशीप पुरा गरेको साथै स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

त्यस्तै सहायक अधिकृत (सुचना प्रविधी ) का लागि सुचना प्रविधी विषयमा स्नातक उत्तीर्ण गरेको र बैंक तथा वित्तीय संस्थामा वा अन्य संगठित संस्था वा परियोजनामा कम्तिमा १ वर्ष सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएकाललाई प्राथमिकता दिने जनाएको छ ।

यो पदका लागि आवेदकको उमेर २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । सूचना अनुसार तोकिएको शैक्षिक योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित मिति पुस ५ गतेका दिनले १५ दिनभित्र संस्थाको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।