Dhulikhel Eco Banner new

एनपीएल फाइनलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

2.31K
shares

काठमाडौं, ६ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल शनिबार भइरहेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजेदेखि सुरु फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच उपाधिका लागि भिडन्त भइरहेको हो । यी दुईमध्ये जसले खेल जितेपनि ऐतिहासिक उपाधि हुने छ ।

फाइनल खेल हेर्न बिहानैदेखि टीयू क्रिकेट मैदानमा दर्शक भरिभराउ छन् । दुवैतर्फका टिम समर्थक आआफ्ना टिमको समर्थनमा प्लेकार्ड सहित उपस्थित भएका छन् ।

फाइनलमा टस जितेर जनकपुरविरुद्ध सुदूरपश्चिम रोयल्सले ब्याटिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा तथा जनकपुर आसिफ शेखको कप्तानीमा मैदान उत्रँदैछ ।