पत्रकार महासंघ एसोसिएट प्रदेश अध्यक्षमा केटीएम भ्वाइसका सम्पादक विजयी
वि.सं.२०८१ मंसिर २९ शनिवार ०८:००
shares

काठमाडौं, २९ मंसिर । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश अध्यक्षमा केटीएम भ्वाइसका सम्पादक रोयल आचार्य विजय भएका छन् । शुक्रबार भएको निर्वाचनमा उनले २६६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुन सफल भएका हुन् ।
उनका प्रतिस्पर्धी स्मृति ढुंगानाले १९२ मत प्राप्त गरेकी छन् । एसोसियट प्रदेशतर्फ ४७१ मत खसेकोमा ५ मत बदर भएको छ भने ४६६ मत सदर भएको छ ।
उपाध्यक्षमा पुष्पा थपलियाले २१७ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी पवित्रादेवी ढकालले १८६ मत प्राप्त गरेकी छन् ।
त्यस्तै महासचिवमा अशेष अधिकारीले २५४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी भट्टराईले १६७ मत प्राप्त गरेका छन् ।



















